0 COMMENTS

फागुन २६, काठमाडौँ । माओवादी आन्दोलन सम्बद्ध आठ दलहरूको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सम्पन्न भएको छ । बैठकले शान्ति प्रक्रियाविरुद्ध षडयन्त्र भइरहेको भन्दै विभिन्न दबाबमूलक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते अन्तरक्रिया गर्ने आठ कम्युनिस्ट पार्टीहरुको तयारी छ । बैठकमा माओवादी केन्द्र, नेकपा माओवादी क्रान्तिकारी, नेकपा बहुमत, नेकपा (विप्लव), नेसपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादीका शीर्ष नेताहरू सहभागी थिए ।

प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादी धारका पार्टीहरू निरन्तर छलफलमा छन् । यसअघि माओवादी धारका दलको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।