0 COMMENTS

फागुन २६, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । विहीबार हेर्न नभ्याइनेमा राखिएको रिटको पेशी आजलाई राखिएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिट परेको थियो । तर, श्रेष्ठले प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा राखेका थिए । सर्वोच्च प्रशासनले उक्त रिटलाई आजपनि पेशीलाई पेशी तोकेको हो ।

प्रचण्डले २०७६ साल माघ १ गते काठमाडौँको टुँडिखेलमा आयोजित एक कार्यक्रममा जनयुद्धकालमा १२ हजार जनाको जिम्मा अरुले लिनेभए आफूले पाँच हजार जनाको जिम्मेवारी आफूले लिने बताएका थिए । उक्त अभिव्यक्तिविरुद्ध उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायतले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।