0 COMMENTS

फागुन १९, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ ।

राष्ट्रपतिमा ८ दलको समर्थनमा साझा उम्मेदवार रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई मतदान गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको उनको भनाइ छ ।

‘हाम्रो पार्टीको केन्द्रीय सचिवालयको ५१ औं बैठक आज बस्यो । यो बैठकले एक मात्र निर्णय गरेको छ। राष्ट्रपति पदका ८ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई हाम्रो पार्टीले मतदान गर्नेछ भन्ने निर्णय भयो,’ खतिवडाले भने ।

गत फागुन १३ गते ८ दलको समर्थनमा पौडेल राष्ट्रपति उम्मेदवार भएका थिए । यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ ।

खतिवडाका अनुसार सरकारमा जाने विषयमा पार्टी सकारात्मक भए पनि अहिले नै सरकारमा जाने बेला भने भइनसकेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।