0 COMMENTS

माघ १४, काठमाडौँ । नागरिकता विवादमा दोषी ठहर भएका रवि लामिछानेविरुद्ध फेरि फौजदारी मुद्दा लाग्न सक्ने देखिएको छ । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले रविसँग नेपाली नागरिकता नभएको फैसला गरेको थियो । योसँगै उनको सांसद, पार्टी अध्यक्ष, गृहमन्त्री पद गुमेको छ । सर्वोच्चको यो फैसलासँगै रवि मतदाता समेत नभएको बताइएको छ । जुन नागरिकताबाट मतदाता नामावलीमा नाम दर्ता गरिएको हो त्यो नै खारेज भएका कारण उनी मतदाता समेत नभएको कानुन व्यवसायीहरु बताउँछन् ।

नेपाल सरकारबाट मान्यता नपाएको नागरिकता प्रमाणपत्र पेश गरेर राहदानी लिएको रविविरुद्ध फौजदारी अभियोन लाग्न सक्ने भएको छ । नक्कली कागजात पेश गरेर राहदानी लिएको दाबी गरिएको छ । रिट निवेदकहरुले सर्वोच्चले उनको सांसद पदको हैसियत र वैधानिकतामाथि प्रश्न गर्दै सर्वोच्चमा दायर गरेका थिए । संवैधानिक इजलासले पनि निवेदकको माग अनुसार मात्रै सुनुवाई गरेको छ । अब उनीहरुमाथि नागरिकता दुरुपयोग गरेको, दोहोरो पासपोर्ट बोकेको आरोपमा मुद्दा चल्न बाँकी छ ।

प्रहरीले आवश्यक अनुसन्धान र छानबिनपछि जिल्ला अदालतमा कानुनी उपचारको निम्ति अघि बढाउने सम्भावना रहेको छ । निर्वाचित भएको चितवन २ मा उपचुनाव हुने निश्चित छ तर रवि उठ्न पाउने नपाउने भन्नेमा अन्यौलता नै रहेको छ । दोहोरो नागरिकता, राहदानी सम्बन्धी मुद्दा चले रविमाथि अनुसन्धान हुने निश्चित छ । यदि दोषी ठहर भए रवि कहिलै सार्वजनिक पदमा पुग्न सक्ने छैनन् । अब रविको पार्टीको भविश्यमाथि नै प्रश्न खडा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।