0 COMMENTS

माघ १४, काठमाडौँ । चैत्र १७ गतेदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

बोर्डले एसइईको परीक्षा तालिका समेत सार्वजनिक गरेको छ । तालिका अनुसार आगामी चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ ।

सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।