0 COMMENTS

पुस २०, भक्तपुर । मध्यपुर थिमी न.पा.४ स्थित शंखधर चोकमा संञ्चालित शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.को १५औ वार्षिक साधारणसभा शनिबार एक कार्यक्रमका बीच सम्पन्न भयो । वाग्मती प्रदेश सभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठको प्रमुख अतिथि र सहकारी विज्ञ तथा नेफस्कुनका पूर्व अध्यक्ष कैलाश भक्त प्रधानाङ्ग को विशेष अतिथी रहेको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष ज्ञान कृष्ण श्रेष्ठले गर्नु भएको थियो ।

आर्थिक तथा सामाजिक बिकासको लागि बचत गरौं, नारा बोकी संञ्चालित शुभश्री कोषले विभिन्न सामाजिक उत्तरदायित्व बहन गदै आफ्ना शेयर सदस्यहरुको आर्थिक उत्थानमा टेवा पुयाउँदै आइरहेको छ । सभामा संस्थाद्धारा प्रस्ताबित सम्पूर्ण बुँदाहरु पारित गरियो । अध्यक्ष ज्ञान कृष्ण श्रेष्ठ, कोषाअध्यक्ष तुलसीमान श्रेष्ठ र लेखा संयोजक गोपाल श्रेष्ठद्धारा प्रस्तुत प्रतिबेदन माथि छलफल गरी पारीत गरियो ।

कार्यक्रममा संस्थाको शेयर सदस्य २६५३ बाट रु ४६७३१७०० शेयर पुँजि रहेको संस्थाको यो वर्ष बचत २०७९ असार मसान्तसम्म रु.३२७०९७६९८ रहेको र रु २४१९३१६६४ ऋण लगानी र कर पछिको खुद बचत रु.४९१६२४९ पुगेको कुरा सार्वजनिक गरिएको छ । संस्थाले रु.२४१९५४९५ कोषको व्यवस्था गरेको पाईयो । संस्था प्रगति उन्मुख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।