0 COMMENTS

श्रमिक बजारमा श्रमिकहरुलाई अण्डा तथा मासुको परिकार खुवाउने कार्यक्रम

बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय अन्तरगत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगनखेल ललितपुरको आयोजनामा दशौं राष्ट्रिय पोल्ट्री दिवस, २०७९ सप्ताहव्यापी रुपमा मनाउने सन्दर्भमा आज छैठौं दिन मिति २०७९/०९/१६गतेका दिन अण्डा तथा मासु उपभोगको महत्व बारे जानकारी गराउदै ललितपुर महानगरपालिका वडा नं २९ हरिसिद्धि स्थित दक्षिणकाली इट्टा भट्टा उद्योग र त्रि शक्ति इट्टा भट्टा उद्योगमा कार्यरत महिला पुरुष श्रमिक तथा तिनका बालबालिकाहरु समेत गरी २०७ जनालाई ७२१ वटा अण्डा वितरण गरियो ।

सो कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगनखेल ललितपुरका कार्यालय प्रमुखु डा. राम प्रकाश प्रधानज्यूको अध्यक्षतामा एवं इट्टा भट्टा सञ्चालक एवं ललितपुर महानगरपालिका वडा नं २९ का वडा सदस्य श्री मधुवन महर्जन एवं त्रिशक्ति इट्टा उद्योगका सुपरभाईजर श्री अनिल बिष्टज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा पशु विकास अधिकृत श्री बासुदेव नाथले अण्डा र मासुको पौष्टिक  महत्व बारे प्रकाश पार्नु भएको थियो भने भेटेरिनरी अस्पतालका अधिकृतहरु डा. सिर्जा वाग्ले, डा. निशा तिमिल्सिना, श्री कृष्ण बहादुर कार्की र  श्री मचाभाई महर्जन लगायत कर्मचारीहरुको सक्रिय सभागिता थियो ।

धन्यवाद ! जय पशुधन ! जय राष्ट्रिय पोल्ट्री दिवस, २०७९ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।