0 COMMENTS

मंसिर १९, काठमाडौँ । नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले दार्चुला जिल्लाको सदरमुकाम खलङ्गा र भारतको धार्चुला जोड्ने पुलनजिक भारतले अन्तर्राष्ट्रिय सन्धिविपरीत बिनासहमति तटबन्धका लागि नदीबाट ढुङ्गा–बालुवा थुपारेका कारण नदीको बहाव नेपालको दार्चुला जिल्ला सदरमुकामतर्फ फर्केको विषयलाई लिएर दुवैतिरका जनताबीच आइतबार झडप भएको र भारतका प्रहरी र कर्मचारीसमेत संलग्न भई नेपाली जनतामाथि ढुङ्गामुढा प्रहार गरी घाइते बनाइएको विषयले पार्टीलाई गम्भीर बनाएको भन्दै निरीह बनेर यसप्रकारका असैह्य घटनाक्रम नसहन र भारतसँग स्पष्ट रूपमा छलफल गरी समस्याको समाधान गर्न विशेष आग्रह गरेका छन् । प्रवक्ता सुदर्शनले सोमबार विज्ञप्ति जारी गर्दै भारतीय प्रहरी र कर्मचारीको आक्रमणबाट घाइते भएका नेपालीको शीघ्र उपचार गर्न सरकारसँग जोडदार माग पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।