0 COMMENTS

मंसिर १४, काठमाडौँ । माधव नेपालले नेतृत्व गरेको पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) थ्रेस होल्ड नजिक पुगेको छ । बुधबार विहानसम्मको समानुपातिक मत गणनाको नजिता अनुसार एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्ने बलियो सम्भावना बढेको देखिन्छ । यो समाचार तयार पार्दासम्म एकीकृत समाजवादीले २ लाख ८२ हजार २६२ मत ल्याएको छ । सबै मत गणना हुँदा उसलाई अब बढीमा २० हजार मत आवश्यक पर्न सक्ने बताइएको छ । पछिल्लो नजिता अनुसार एकीकृत समाजवादीले मत पाउनेमा नेताहरु विश्वास गरेका छन् ।

अहिलेसम्म नेकपा एमालेले २६ लाख ९६ हजार ५७५ मत पाएको छ भने दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले २५ लाख ५३ हजार ९४ मत पाएको छ । तेस्रो स्थानमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ११ लाख ४३ हजार ८९४ मत प्राप्त गरेको छ । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार २७५ मत सहित चौंथो स्थानमा रहेको  छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार ६५४ मत सहित चाँचौं स्थानमा रहेको छ । त्यसैगरी जनता समाजवादी पार्टी, नेपालले ३ लाख ८९ हजार १९७ पाएको छ भने सिके राउतको जनमत पार्टी ३ लाख ४९ हजार ३५२ मत सहित राष्ट्रिय पार्टी बन्ने भएको छ । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले २ लाख ५० हजार ५९ मत पाएको छ । अब बाजुरा, स्याङजा दोलखाको मत गणना हुन बाँकी छ भने सुनसरी-४ को स्थगित मत गणना जारी छ । पछिल्लो मत परिणाम अनुसार सत्ता गठबन्धनबाट उम्मेदवार बनेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मतान्तर बढाउँदै लगेका छन् ।

पछिल्लो मत परिणामअनुसार कार्कीले २४ हजार ५६१ मत ल्याएका छन् । नेकपा एमालेका जगदीश कुसियतले २४ हजार ३३७ मत ल्याएका छन् । कार्की कुसियतभन्दा २२४ मतले अगाडि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।