0 COMMENTS

मंसिर ४, काठमाडौँ । नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले संसदीय चुनाव अवज्ञा गर्न जनसमुदायलाई आह्वान गरेका छन् । शनिबार जनसमुदायका नाउँमा अपिल जारी गर्दै प्रवक्ता सुदर्शनले भनेका छन्, ‘हाम्रो आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवन विकासका अवरोधहरूलाई मतदान गरी अवरोध हटाउन ढिला नगरौँ । यो कुनै मतदान होइन, यो वास्तवमा मत दुरुपयोग हुन जान्छ ।’ प्रवक्ता सुदर्शनले नवउदारवादी अर्थव्यवस्था र दर्शनबाट निर्देशित पुँजीवादी संसदीय राजनीतिक प्रणाली नेपाली श्रमजीवी तथा उत्पीडित वर्गका लागि आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवन विकासको छेकबार बनेर उभिएको प्रस्ट पार्दै भनेका छन्, ‘यसको विकल्प भनेको जनवादी क्रान्तिसहितको वैज्ञानिक समाजवादी व्यवस्था हो ।’

प्रवक्ता सुदर्शनले अगाडि भनेका छन्, ‘हामीले यो मतदानमा भाग लिने हो भने दलाल पुँजीवादका पहरेदारहरू, सहश्राब्दी चुनौती निगम (एमसीसी) लगायत असमान तथा राष्ट्रघाती सन्धिसम्झौताका अपराधीहरू, पौने करोड नेपालीहरूको रगत–पसिनाबाट आएको विप्रेषण डकार्नेहरू, मानव तस्करहरू, शिक्षा तथा स्वास्थ्यका माफियाहरूलाई झन् बलियो बनाउनेछौँ । यसपालि हामी भूल नगरौँ । मङ्सिर ४ गते हुने प्रदेश तथा सङ्घीय चुनाव अवज्ञा गरी स्वाधीन संयुक्त सरकार निर्माण गर्दै वैज्ञानिक समाजवादी व्यवस्था ल्याउने मार्ग प्रशस्त गरौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।