0 COMMENTS

भक्तपुरको राममन्दिरस्थित सामूहिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
प्रमुख अतिथि नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. का अध्यक्ष परितोष पौड्यालले पानसमा द्धिप प्रज्वलन गरेर कार्यक्रमको उद्धघाटन गर्नु भएको थियो । कार्यक्रममा सो सहकारी संस्थाका सचिव कृष्णहरि सैंजुबाट प्रगती प्रतिवेदन, संस्थाका कोषाध्यक्ष अशोकरत्न शाक्यबाट आर्थिक र वाह्रय लेखा परिक्षण प्रतिवेदन र लेखा समिति संयोजक नित्यनाथ श्रेष्ठबाट आन्तरिक लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य भक्तपुर ३ का वडा अध्यक्ष राजकुष्ण गोरा र भक्तपुर जिल्ला सहकारी संघ लि. का उपाध्यक्ष कुष्णबहादुर घजुले दिनु भएको थियो । स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष राजाभाई भेलेले गर्नु भएको थियो ।

कार्यक्रममा उत्कृष्ट कर्मचारी गीता गलजु, उत्कृष्ट वचत कर्ता रामहरि श्रेष्ठ र उत्कृष्ठ ऋणी किशोर ताखाछेंलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको सभापतित्व सो संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायले गर्नु भएको थियो भने कार्यक्रम संचालन कृष्णश्वरी प्रजापतिले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।