0 COMMENTS

भदाै १२, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का प्रवक्ता सुदर्शनले पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य राजीव तामाङलाई अविलम्ब बिनासर्त रिहा गर्न सरकारसँग माग गरेका छन् । पार्टीले राष्ट्रियता, जनतन्त्र, जनजीविकाका विषयमा देशव्यापी रूपमा ‘राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियान’ सञ्चालन गरिरहेको र अभियानमा जनसेवा, जनसंवाद, अन्तरक्रिया, जनसभा, भित्तेलेखन, पर्चा वितरणलगायत कार्यहरूमार्फत राष्ट्रियता, जनतन्त्र र जनजीविकासम्बन्धी विषयहरूमा पार्टीको नीतिलाई जनसमक्ष प्रकाश पार्ने कार्यक्रम गरिरहेको अवस्थामा शुक्रबार पार्टी नेता राजीवलाई बिनाकारण गिरफ्तार गरिएकोमा निन्दा गर्दै प्रवक्ता सुदर्शनले बिनासर्त रिहा गर्न माग गरेका हुन् ।

प्रवक्ता सुदर्शनद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले देशव्यापी रूपमा राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियान सञ्चालन गरिरहेको सर्वविदितै छ । अभियानअन्तर्गत जनसेवा, जनसंवाद, अन्तरक्रिया, जनसभा, भित्तेलेखन, पर्चा वितरणलगायत कार्यहरूमार्फत राष्ट्रियता, जनतन्त्र र जनजीविकासम्बन्धी विषयहरूमा पार्टीको नीतिलाई जनसमक्ष प्रकाश पार्ने कार्यक्रमहरू भइरहेका छन् । यो अभियानलाई देशभक्त, जनपक्षीय तथा क्रान्तिकारी तप्काबाट सहयोग, सद्भाव र सुझावहरू प्राप्त भइरहेका छन् । यसै सिलसिलामा हाम्रो पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य कमरेड राजीव तामाङलाई शुक्रबार साँझ साढे ५ बजे प्रहरीले गिरफ्तार गरेको छ । अभियानको कार्यक्रममा खटिइरहनुभएका कमरेडलाई बिनाकारण गरिएको गिरफ्तारीप्रति पार्टी घोर निन्दा प्रकट गर्दछ र उहाँको बिनासर्त शीघ्र रिहाइका लागि सरकारसँग जोडदार माग गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।