0 COMMENTS

भदाै १२, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आज काठमाडौँमा पत्रकारसम्मेलन गर्ने भएको छ । पार्टीसँग सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन नभएको, राष्ट्रियतामाथि गम्भीर घात भएको, जनतन्त्र र जनजीविकाका विषय अत्यन्त जटिल बन्दै गएको र सरकारले पार्टी नेतामाथि पक्राउ पुर्जी जारी गरेको अवस्थामा पार्टीले आफ्ना धारणा सार्वजनिक गर्न आज दिउँसो पत्रकार सम्मेलन गर्न लागेको हो ।

आज आइतबार दिउँसो १ बजे अनामनगरस्थित संवाद डबलीमा आयोजना हुने पत्रकार सम्मेलनमा सहभागी हुन आह्वान गर्दै पार्टी प्रवक्ता सुदर्शनले सम्पूर्ण सञ्चारमाध्यमलाई निमन्त्रणा गरेका छन् । सम्मेलनमा पार्टी संयोजक कञ्चनले देशको समसामयिक विषयमा प्रस्ट पार्ने र प्रेस विज्ञप्ति पनि वितरण गर्ने कार्यक्रम रहेको जानकारी पार्टी सचिवालयले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।