0 COMMENTS

भदाै ५, काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको मेडिसिटी अस्पतालमा निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । सांसद समेत रहेका नेता गिरीको शनिबार राति ९ः ३६ मा निधन भएको अस्पतालका एक अधिकारीले बताए ।

काँग्रेसका नेता तथा समाजवादी चिन्तक समेत रहेका गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए। घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरी गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । डा.पंकज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न रहेको थियो ।

यता आजै शनिबार साँझ कांग्रेस बागमती प्रदेशले काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा गिरिको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन एवं प्रार्थना कार्यक्रम गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।