0 COMMENTS

भदाै ३, जुम्ला । जुम्लाको चन्दनाथ नमुना माध्यमिक विद्यालय खलङ्गामा कक्षा ४ मा अध्ययनरत १४ वर्षीया छात्रा बलात्कृत भएको घटना सार्वजनिक भएको छ । यसप्रति अखिल क्रान्तिकारीले सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई नबचाउन र सख्त कारबाही गर्न माग गरेको छ ।

अखिल क्रान्तिकारी कर्णाली प्रदेश छात्रा विभागकी इन्चार्ज सुन्देवी शाहीले जारी गरेको विज्ञप्तिमा उक्त घटनामा बालिकालाई पढाइलेखाइको व्यवस्था गरिदिने र घरायसी काममा सहयोग पुग्ने गरी धर्मछोरी बनाएर घरमा राखिएकी १४ वर्षीया बालिकालाई पटकपटक बलात्कार गर्दै आएको आरोपमा जुम्ला चन्दनाथ ७ का ४८ वर्षीय प्रेमजङ्ग महतलाई प्रहरीले नियन्त्रणमा लिएको र उक्त घटना केही समयपहिले नै सार्वजनिक भए पनि विभिन्न प्रलोभन दिएर मिलापत्रको कागज बनाइदिएर बलात्कारको घटना गुपचुप बनाउन खोजेको पीडित पक्षको भनाइ रहेको पनि उल्लेख छ । यसप्रकारको गैरकानुनी काममा जनप्रतिनिधिलगायत जिम्मेवार व्यक्तिहरू नै संलग्न हुनुले उक्त घटना ज्यादै रहस्यमय बन्दै गएको भन्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।