0 COMMENTS

भदाै २, काठमाडौँ । रुसी सेनाद्वारा युक्रेनको खारकीभमा भिषण हमला भएको छ । गएराति युक्रेनी सेनाका क्याम्पमा रुसी सेनाले क्षेप्यास्त्र हमला गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । रुसी सेनाले केही हप्तायताकै ठूलो हमला गरेको बताइएको छ । युक्रेनी सेना अमेरिकाले दिएका लामो दूरीका हतियारबाट उक्त क्षेत्रमा रुसी सेनामाथि हमला गरिरहेको बताइएको छ । युक्रेनी सेनाले अमेरिकाले दिएको हिमार्स मिसाइल सिस्टम तैनाथ गर्न लागेको बेला रुसी सेनाले उक्त क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको रुसी संचारमाध्यमहरुले बताएका छन् ।

रुसी सेनाको हमलाबाट युक्रेनी सेनामा ठूलो हताहती भएको दाबी रुसी संचारमाध्यमहरुको छ । एक दर्जन सैनिक कमाण्डरको मृत्यु भएको रुसी संचारमाध्यमहरुको दाबी छ । दर्जनौं सैनिक घाइते हुनुको साथै ठूलो मात्रामा सैन्य अस्त्र नष्ट भएको रुसको दाबी छ । रुसले हमला गरेको पुष्टि गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यसको बदला लिने बताएका छन् । जेलेन्स्कीले रुसी आवशीय क्षेत्रमा हमला गरेको भन्दै त्यसको बदला लिने समेत बताएका छन् । युक्रेनमा रुस मोर्चाबद्ध लडाइँ लडिरहेको छ । पश्चिमा देशहरुले आफ्ना अत्याधुनिक हतियार युक्रेनलाई दिइरहेका छन् । युक्रेन युद्धको रुप सिंगो नेटो तथा पश्चिमा देश एकातिर र रुस अर्कोतिरमा बदलिएको छ ।

युक्रेनले क्रिमियामा लामो दूरीका मिसाइल प्रहार गरेपछि रुस थप आक्रोसित भएको छ । अमेरिकाले दिएका लामो दूरीका मिसाइलबाट क्रिमियास्थित रुसी सेनाको बेसहरुमा हमला भएको थियो । अमेरिकाले दिएका लामो दूरीका हतियारबाट युक्रेनबाट हमला हुन थालेपछि त्यसलाई नष्ट गर्ने हतियार विकास गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आदेश दिइसकेका छन् ।

खेरसनमा पनि लडाइँ जारी रहेको छ । यो क्षेत्रमा रुसले अमेरिका दिएको हिमार्स मिसाइल सिस्टम नष्ट पारिदिएको थियो । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार उक्त क्षेत्रमा पुनः युक्रेनी सेना तैनाथ भएका छन् । रुसको रक्षा मन्त्रालयले खेरसनमा ५३ जना विदेशी सैनिकको आफ्नो कारवाहीको क्रममा मृत्यु भएको थियो । अमेरिका, बेलायतलगायतका देशहरुका सैनिकले खेरसनमा हिमार्स मिसाइल सिस्टम फिट गरेर रुसी सैनिकमाथि हमला गरेका थिए । खेरसनको विमान स्थलमा सुरुमा युक्रेनबाट हमला भएको थियो ।

केही दिन पहिले खेरसनस्थित पुल र सडक युक्रेनी सेनाले मिसाइल हमला गरेर भत्काइदिएको दाबी गरेको थियो । रुसी सेनाले नदी तर्न नसकेर बिचमा फसेको बताइएको थियो । तर, रुसले आफ्ना सेना नफसकेको दाबी गरेको थियो । उक्त क्षेत्रिय राजधानी युक्रेनी सेनाले गुमाएको थियो । लामो समयदेखि रुसी सेनाको कब्जामा छ । खेरसनको एयरपोर्ट पनि रुसी सेनाको नियन्त्रणमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।