0 COMMENTS

साउन २९, काठमाडौँ। पछिल्लो समय लगातार शेयर बजारमा गिरावट जारी रहेको छ । आज साताको पहिलो दिन पनि कारोबार बजार घटेर सबै परिसूचक राताम्मे भएको छ । आज नेप्से २७.९२ अंकले घटेको छ । सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक २७.९२ अंकले घटेर २०१०.०१ विन्दुमा झरेको छ।

बजार ओरालो लागेसँगै १ अर्ब ८७ करोड बराबरको सेयर कारोबार भयो। सेन्सेटिभ इन्डेक्स पनि ४ अंक बढिले ओरालो लाग्यो। आज २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता सेयर १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँमा खरिदबिक्री भयो। यसदिन कारोबारमा आएका १३ वटै समूहको सूचक नकारात्मक देखियो।

सबै सूचक नकारात्मक देखिएको सेयर बजारमा अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८.१० प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरीको १६ करोड बढिको सेयर कारोबार भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।