0 COMMENTS

साउन २९, काठमाडौँ । नेपालमा आज ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर २ हजार ३०८ जनाको पीसीआर परीक्षणमा ३०५ जना र २ हजार ५२१ जनाको एन्टीजेन परीक्षणमा १५० जना गरी जम्मा ४५५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ३०२ जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७५ हजार ६०९ जना निको भएका छन् । यो कुल संक्रमितको ९८ दशमलव २ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमणबाट जम्मा मृत्यु हुनेको संख्या ११ हजार ९८८ पुगेको छ । यस्तै हाल नेपालमा ५ हजार ४३५ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा थप १३ हजार ३२८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।