0 COMMENTS

साउन २८, स्याङ्जा । वालिङ नगरपालिका ९ का पूर्व वडा अध्यक्ष बसन्त श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् । वालिङ १३ स्थित गाहाखोलामा बिहिबार बिहान उनी मृत अवस्थामा फेला परेका हुन् । सिद्धार्थ राजमार्ग भन्दा करिब २० मिटर तल लडेको अवस्थामा उनको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

ग १६ प ५४६१ नं. को स्कुटरसहित श्रेष्ठ पल्टेको अवस्थामा भेटिएका थिए । बुधबार रातीदेखि नै श्रष्ठ सम्पर्कविहीन भएका थिए । उनको शव वालिङ स्थित गह्रौँ प्राथमिक अस्पतालमा पोस्टमार्टमको लागि पठाइएको वडा प्रहरी कार्यालय वालिङका डिएसपी ढकेन्द्र खतिवडाले बताए । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

श्रेष्ठ २०७४ को स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।