0 COMMENTS

साउन २८, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पद र पैसाका निम्ति आफ्नो पार्टीभित्र पनि व्यक्तिवादी स्वार्थ देखिन थालेको बताएका छन् ।

बिहीबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले पद नपाए गुटबन्दी गर्ने र स्वार्थका निम्ति जे पनि गर्ने प्रवृत्ति आफ्नो पार्टीका साथै नेपालको कम्युनिष्ट आन्दोलनभित्र देखिएको बताए ।

‘मबाट सुरु गर्ने प्रवृत्ति व्याप्त छ । ‘म’ ले पाइन भने जस्तोसुकै कुकर्म गर्न पनि तयार हुने प्रवृत्तिलाई अन्त्य गरेरै छाड्नुपर्छ । सिद्धान्त र आदर्शप्रति समर्पित हुने भावना राख्नुपर्दछ र ‘म’ भन्दा भिन्न सोच राख्ने कुरामा अघि बढ्नुपर्दछ ।’

अध्यक्ष नेपालले जनताका समस्याहरुलाई बुझ्ने गरी पार्टीको असल कार्यकर्ता भएर भूमिका निर्वाह गर्न निर्देशन पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।