0 COMMENTS

साउन २२, काठमाडौँ । अखिल (क्रान्तिकारी) ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई २७ बुदे मागपत्र पेस गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय अध्यक्ष मिलन राईको नेतृत्वमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडललाई २७ बुदे मागपत्र बुझाएको केन्द्रीय कार्यालय सचिव राजन साउँदले जानकारी गराएका छन् ।

मागपत्र बुझाउँदै अध्यक्ष मिलन राईले मन्त्री पौडेललाई तपाई विधार्थी आन्दोलनको नेतृत्व जुन मुद्दा र मागलाई लिएर लड्नु भएको थियो अहिले तपाई शिक्षा मन्त्री हुँदासम्म पनि फेरि ति माग लिएर हामी आएका छौँ त्यसैले यो मागहरूलाई गम्भीर रुपमा लिन र पूरा गर्न तिर लाग्न अनुरोध गरेका छन् ।

मागपत्र बुझ्दै मन्त्री देवेन्द्र पौडलले ज्ञापन पत्रमा उल्लेखित केही मागहरू अघी बढाइसकेको र अन्य मागहरूलाई पनि पूरा गर्ने गरि प्रक्रियागत रुपमा चाडो भन्दा चोडो अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मागपत्र बुझाउने कार्यक्रममा अखिल (क्रान्तिकारी) का अध्यक्ष मिलन राई, उपाध्यक्ष विरेन्द्र शाह, सचिब नवराज भट्ट, सचिवालय सदस्य गोविन्द विष्ट र केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालय सचिव राजन साउँद सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।