0 COMMENTS

साउन २२, धनगढी । अखिल (क्रान्तिकारी) कैलालीले प्रज्वल सङ्गठन सुदृढीकरण अभियानको थालनी गरेको छ । आइतबार नेकपा (बहुमत) निकट विद्यार्थी सङ्गठन कैलालीको धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसबाट उक्त अभियान उद्घाटन गरेको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै सङ्गठनका फयाक्सन इन्चार्ज रमेश साउँदले विप्लवहरूले महान् सहिदहरूको सपनालाई छोडेर संसदीय शंसोधनवादमा विलय भएको बताए । उनले व्यक्तिगत इच्छा आकङ्क्षालाई तिलाञ्जली दिँदै वर्गीय मुक्तिको लागि आन्दोलनमा होमिएर सिङ्गो जीवनको बलिदानी दिने सहिद र सहिदका सपनाहरूको वेवास्ता गरेर विप्लवहरूले अझैँ पनि क्रान्तिका मिठा सपना बाडेर कसैले विश्वास नगर्ने बताए । यस्तै कार्यक्रममा सङ्गठनका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला संयोजक सुनिल, जिल्ला सह–संयोजक प्रकाश, विद्यार्थी नेता दिनेश जोशी, गौरी बोहोरालगायत जिल्लाका अन्य अग्रज व्यक्तित्वहरूको आथित्यता रहेको थियो ।

सोही अवसरमा नेपालको शैक्षिक समस्या र सामाधानका बिषयमा व्यापक छलफल सम्पन्न भएको छ । कैलाली जिल्लाभर सञ्चालन हुने उक्त अभियानमार्फत विद्यमान शैक्षिक समस्याको खबरदारी र छलफल सङ्गठन विस्तार तथा पुनर्गठन, विद्यार्थीको क्षमता अभिवृद्धिको लागि अतिरिक्त क्रियाकलापको आयोजना लगायतका कार्यक्रमहरू सञ्चालन गरिने सङ्गठनका जिल्ला संयोजक सुनिल भूलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।