0 COMMENTS

साउन १८, चितवन । अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ मौरीखोला पुलमा मंगलबार राति साढे २ बजेतिर पहिरो खसेपछि सडक अबरुद्ध भएको हो ।

पहिरोले भारतीय नम्बर प्लेटको एउटा मिनी ट्रकमा सामान्य क्षति पुगेको थियो। सो पुलमा सोमबार राति ११ बजे पनि पहिरो खसेको थियो। २३ घन्टासम्म पहिरो हटाएपछि मंगलबार राति पौने १० बजेदेखि सडक खुलेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।