0 COMMENTS

साउन १६, चितवन । अविरल वर्षापछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । आइतबारदेखि लगातार वर्षासँगै पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित घुमाउने नजिकै लेदोसहितको पहिरो खसेपछि सडक ठप्प भएको हो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए ।

चितवनमा आइतबारदेखि नै भारी वर्षा भइरहेको छ । शक्तिखोर लगायतका ठाउँमा वर्षाले चेतावनीको तह नै पार गरेको छ । पछिल्लो २४ घन्टामा १८४ मिलिमिटर पानी परेको छ। सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।