0 COMMENTS

साउन १६, अर्घाखाँची । अखिल नेपाल किसान महासंघ क्रान्तिकारीको चौथो पूर्ण बैठक अर्घाखाँचीको शितगंगामा सम्पन्न भएको छ । बैठकमा प्रमुख अतिथि नेकपा (बहुमत) का केन्द्रीय संयोजक कञ्चन, अन्य अतिथिहरू नेकपा (बहुमत) का सचिवालय सदस्य तथा किसान महासंघका फ्याक्सन इन्चार्ज सार्दुल, केन्द्रीय सदस्य शेरमान, केन्द्रीय सदस्य सितल लगायतको उपस्थिति रहेको थियो ।

यस्तै बैठकमा प्रमुख अतिथि कञ्चनले किसानहरूका समस्याहरू नेपालको कम्युनिस्ट उल्लेखनीय सहभागीता छ । कम्युनिस्ट आन्दोलन सुधारवाद गएकोले किसानहरूका समस्याहरू हल हुन सकिरहेका छैनन् । अहिले भएको व्यवस्था दलाल संसदीय व्यवस्थाले किसानहरूका समस्याहरू हल हुन सक्दैन । त्यसैले वैज्ञानिक समाजवाद स्थापना गर्न सम्पूर्ण किसानहरू एकताबद्ध भई वैज्ञानिक समाजवादी क्रान्तिमा सहभागी हुन आह्वान गरे  साथै फ्याक्सन इन्चार्ज सार्दुलले प्रशिक्षणमूलक मन्तव्य राखेका थिए ।

बैठकले भदौ १ गतेदेखि कार्तिक १५ गतेसम्म अढाई महिना किसान जागरण अभियान चलाउने निर्यणसमेत गरेको छ । किसानहरूको हकहितका लागि सङ्घर्ष गर्ने निर्यण गरेको छ । बैठकको अध्यक्षता हरि कुमार श्रेष्ठले गरेका थिए भने सञ्चालन महासचिव सागर अर्यालले गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।