0 COMMENTS

साउन १२, काठमाडौँ । नेपालमा आज ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर २ हजार ५४१ जनाको पीसीआर परीक्षणमा ५२४ जना र २ हजार ४८४ जनाको एन्टीजेन परीक्षणमा १८६ जना गरी जम्मा ७१० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप २१५ जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६९ हजार २१९ जना निको भएका छन् । यो कुल संक्रमितको ९८ दशमलव ४ प्रतिशत हो ।

यसैबीच नेपालमा पछिल्लो २४ घन्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल नेपालमा २ हजार २३६ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा थप ५९ हजार ४७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।