0 COMMENTS

साउन १२, काठमाडौँ । किम जोङ उनले उत्तर कोरिया आफ्नो परमाणु प्रतिरोधक क्षमताको प्रयोगका लागि तयार भएको दाबी गरेका छन् ।कोरियाली युद्धको वार्षिकीमा आयोजित एक कार्यक्रमका बेला उनले आफ्नो देश अमेरिकासँग कुनै पनि सैनिक संघर्षका लागि पूर्ण रुपमा तयार भएको बताएका छन् ।

उत्तर कोरियाले आफ्नो सातौँ परमाणु परीक्षण गर्न सक्ने अडकलबाजीका बीच किम जोङ उनको यो बयान सार्वजनिक भएको हो । उत्तर कोरियाले आफ्नो अन्तिम परमाणु परीक्षण सन् २०१७ मा गरेको थियो । यद्यपि, कोरियाली प्रायद्वीपमा अब तनावका माहौल बढिरहेको देखिएको छ । उत्तर कोरियाको विशेष अमेरिकी प्रतिनिधि सुङ किमले यस वर्ष प्योङयाङले अभूतपूर्व संख्यामा मिसाइल परीक्षण गरेको बताएका छन् ।

सन् २०१९ मा उत्तर कोरियाले २५ पटक मिसाइल परीक्षण गरेको थियो जबकी यस वर्ष उसले ३१ वटा परीक्षण गरिसकेको छ । जूनमा दक्षिण कोरियाले जवाफ दिँदै आफ्नो आठौँ मिसाइल परीक्षण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।