0 COMMENTS

साउन १०, काठमाडौँ । नेपालमा आज ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर २ हजार २१५ जनाको पीसीआर परीक्षणमा ४०० जना र २ हजार ८४० जनाको एन्टीजेन परीक्षणमा २३८ जना गरी जम्मा ६३८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप २१८ जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ८०२ जना निको भएका छन् । यो कुल संक्रमितको ९८ दशमलव ४ प्रतिशत हो । यसैबीच नेपालमा पछिल्लो २४ घन्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल नेपालमा ३ हजार ७१४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ३ हजार ५८१ जना होम आइसोलेसनमा रहेका छन् भने १३३ जना संस्थागत आइसोलेसन र ३० जना आईसीयूमा छन् । यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।  यसैगरी पछिल्लो २४ घन्टामा थप २ लाख ५७ हजार ८७८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।