0 COMMENTS

साउन १०, काठमाडाैँ । साउन ६ गते प्रतिनिधिसभाद्वारा कथित फास्ट ट्रयाकमार्फत नागरिकता जस्तो अति संवेदनशील विषयसँग सम्बन्धित विधेयकलाई दफावार छलफलका लागि प्रतिनिधिसभाको विषयगत समितिमा नपठाई र कतिपय सांसदहरूले राखेका संशोधन प्रस्तावलाई समेत पूर्णत: वेवास्ता गरी पारित गरिएको छ । सो कार्य आपत्तिजनक छ ।

नागरिकता विधेयक पाससँगै नेपालमा जनसाङ्ख्यिक अतिक्रमण बढ्दै जाने र त्यसले देशको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा गम्भीर प्रभाव पार्नुका साथै राष्ट्रिय स्वाधीनता तथा अस्तित्वमा समेत खलल पुर्‍याउने स्वत: सिद्ध छ ।

नेपालको नागरिकता सम्बन्धी नीतिले भारतीय विस्तारवादी शासकवर्गले नेपालमाथि गर्दै आएको जनसाङ्ख्यिक अतिक्रमणलाई रोक्न र नागरिकताको प्रश्नलाई न्यायसङ्गत र सरल तरिकाले समाधान गर्नु पर्दछ । यी समग्र विषयहरूलाई ध्यानमा राखी राष्ट्रिय सहमतिका लागि पहल गर्न नेकपा (क्रान्तिकारी माओवादी)  का महासचिव किरणद्वारा सरकारसँग विशेष माग गर्दै वक्तव्य प्रकाशित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।