0 COMMENTS

साउन १०, काठमाडौँ । रुसले युक्रेनी सेनाका ९२ जना उच्च अधिकारीविरुद्ध मानवताविरुद्धको अपराधमा मुद्दा चलाएको छ । युक्रेनी सेनाका ९२ जना उच्च कमाण्डरले मानता विरोधी कार्य गरेकाले मुद्दा चलाएको रुसी अनुसन्धान समितिका प्रमुख अलेक्जन्डर बस्ट्रिकिनले बताएका छन् । रुसी सरकारी समाचारसंस्था रोशिस्काया गज्येटासँग बोल्दै बस्ट्रिकिनले १ हजार ३ सयवटा फौजदारी अनुसन्धान सुरु भएको समेत बताएका छन् । उनले एउटा अन्तर्राष्ट्रिय न्यायाधिकरण गठन गर्ने प्रस्ताव अघि सारेको रुसी संचारमाध्यमहरुले बताएका छन् ।

बस्ट्रिकिनका अनुसार अहिलेसम्म ९२ जनाविरुद्ध अभियोग दर्ता भइसकेको छ भने थप ९६ जनाको खोजी भइरहेको छ । खोजी गरिएकामध्ये ५१ जना फोर्स कमान्डर हुन् । उनीहरुले शान्ति र मावताको सुरक्षाविरुद्ध अपराध रुसले आरोपमा छानविन थालेको हो । युक्रेन आफैँले आफ्ना पूर्वाधारहरूमा बम हानेर नागरिकहरूको हत् या गरेको आरोप रुसको छ । युक्रेनले त्यसलाई अस्वीकार गर्दै आएको छ । बस्ट्रिकिनले आफूहरुको छानविनलाई संयुक्त राष्ट्रसङ्घले सुनुवाई गर्नेमा भने आशंका गरेका छन् । उनले पश्चिमा विश्वले खुला रूपमा युक्रेनी राष्ट्रवादलाई प्रायोजन गरेको बताउँदै त्यसो हुनेमा निकै संशय लागेको बताए ।

रुसले युक्रेनमा नवनाजीहरू हावी भएको दाबी गर्दै आएको छ । बस्ट्रिकिनले आफूले प्रस्ताव गरेको अन्तर्राष्ट्रिय न्यायाधिकरणमा युक्रेनको विषयमा स्वतन्त्र धारणा भएका देशहरू विशेषतः सिरिया, इरान र बोलिभियालगायत हुनुपर्ने बताएका छन् । सिरिया र इरानले रुसी सैन्य कारवाहीको निन्दा गर्न संयुक्त राष्ट्रसङ्घमा गत मार्च महिनामा प्रस्तुत प्रस्तावविरुद्ध मतदान गरेका थिए भने बोलिभिया मतदानमा सहभागी भएको थिएन । त्यसैगरी बस्ट्रिकिनले सयौँ युक्रेनी सैन्य अधिकारीसँगै राजनीतिक व्यक्तित्वबाहेक युक्रेनी स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूविरुद्ध पनि अनुसन्धान भइरहेको जानकारी समेत दिएको रुसी संचारमाध्यमहरुले बताएका छन् । स्वास्थ्यका अधिकारीहरूले आम विनाशका अस्त्रहरू विकास गरेको उनको आरोप छ ।

यूके, संयुक्त राज्य अमेरिका, क्यानडा, द नेदरल्यान्ड्स र जोर्जाबाट आएका सन्दिग्ध’ भाडाका सैनिकहरू’ विरुद्ध पनि अनुसन्धान भइरहेको उनले उक्त रुसी पत्रिकालाई बताए । जुन महिनामा युक्रेनको पक्षमा लडाइँमा सहभागी भएको आरोपमा ब्रिटेनका दुई र मोरक्कोका एक नागरिकलाई रुसी पक्षले पूर्वी युक्रेनमा मृत्युदण्ड दिएको थियो भने हालै मात्रै भाडाको सैनिकको रुपमा रुसविरुद्ध लडिरहेका दुई अमेरिकीलाई पनि सोही सजाय दिएको अन्तर्रास्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । भाडाका सेना युक्रेन पठाएको स्वीकार गर्दै बेलायतले सजाय पाएकाहरु लामो समयदेखि युक्रेनी सेनामा कार्यरत भएको बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।