0 COMMENTS

साउन ९, काठमाडौँ । भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीमा आइतबार दिनको करिब १२ः३० बजे सल्लाको रुख ढली एक स्कुटर र मिनिबसमा सवार मध्ये चाँगु नपाका न्हुछेराम बखाद्यो, भक्तपुरका विशेष खर्बुजा र सर्लाहीको हरिवन नपा ४ का राजकुमार भुजेल ३ जनाको निधन भएकोप्रति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । उहाँले बसमा सवार १२ जना घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

घटनाको जानकारी पाएलगत्तै प्रमुख प्रजापति घटनास्थल र बिरामीहरु रहेको इवामुरा अस्पताल पुगी मृतक र घाइतेहरुको स्थिति बुझ्नु भएको थियो । उहाँले अस्पतालका डाक्टरहरुलाई भेटी सम्भव सबै उपाय अपनाएर घाइतेहरुको उपचार गर्न निर्देशन दिनुभयो ।

उहाँले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, नेपाली सेनाका कर्णेल सन्तोष कार्की समेतसँग तत्काल सम्पर्क गरी उचित व्यवस्थापनबारे परामर्श गर्नुभयो ।

सरोकारवाला निकायबीच समन्वयपश्चात त्यसता घटनाहरु दोहरिन नदिन सल्लाघारीस्थित सडकमा खतरा देखिएका सडक वरपरका रुखहरु प्रकृति प्रतिकूल नहुने गरी हटाउने सहमति भएको नगर प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।

यस दुर्घटनालाई लिएर भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेतले घटनाबारे सत्य तथ्य नबुझी हचुवाको भरमा भक्तपुर नगरपालिकाको लापरबाही भनी संसदमा बोल्नुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।