0 COMMENTS

साउन ८, दाङ । नेकपा (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ तुलसिपुर उप-महानगरपालिकाको शनिबार नगर भेला सम्पन्न भएको छ । तुलसिपुरमा सम्मपन्न भएको भेलाले प्रकाशको अध्यक्षतामा १५ सदस्यीय नगर समिति चयन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज तिलकले कार्यक्रममा बोल्दै विप्लव समूहका केही ब्यक्तिहरूले दलाल मिटर ब्याजीहरूको प्रोसाहानमा हाम्रो पार्टीका नेताहरू माथि झुटो प्रचार गर्ने गरेको बताउँदै त्यसमा उनी आत्मरथी योजना मात्र हरेको बताए । कुतर्कसहित राजनैतिक एजेन्डा भन्दा बाहिरबाट योजनाबद्ध तरिकाले ब्यक्तिगत चरित्र हत्या गर्न लागिपरेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज तिलकको रहेको थियो भने अतिथिहरूमा तुलसीपुर कमान्ड इन्चार्ज सजक, घोराही कमान्ड इन्चार्ज हिमाल, राष्ट्रिय जनस्वयमसेवक जिल्ला संयोजक अजय, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ जिल्ला संयोजक प्रेम लगायतको आतिथ्यता रहेको थियो । भेलाको सभाअध्यक्षता प्रकाशले गरेका थिए भने सञ्चालन टोपबहादुरले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।