0 COMMENTS

साउन ८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ४४ औं स्मृतिमा राजधानीमा विविध कायक्रम सम्पन्न भएको छ । उक्त अवसरमा नेपाल कम्युनिस्ट पार्टीले एक विचार गोष्ठीको आयोजना गर्यो ।

शनिबार मधेश मिडिया हाउस, अनामनगरमा भएको कार्यक्रममा विभिन्न नेताहरूले उनको योगदानबारे चर्चा गर्दै श्रद्धासुमन गरे ।

उक्त अवसरमा नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले २००६ सालमा क. पुष्पलालले कम्युनिस्ट पार्टीको स्थापना गरेर नेपाली जनतालाई शोषण र सामन्ती परिपाटीबाट मुक्तिका लागि सहि बाटो दिएको कुरामा जोड दिए ।

अर्का वक्ता नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सि.पि. गजुरेलले पुष्पलालले त्यतिबेला लिएको संयुक्त जनआन्दोलनको नीति अझैं खाँचो रहेको विचार व्यक्त गरे । मसाल महाधिवेशनका संयोजक चिन्तामणि शर्मा पौडेल, नागरिक अगुवा नारायण शर्मा, नेकपा सचिव महेन्द्र जोशि, कोषाध्यक्ष सीता सुवेदी लगायतले पुष्पलालप्रति श्रद्धासुमन अर्पण गर्दै उनका विचार र सिद्धान्तमा कम्युनिस्ट आन्दोलन अगाडि बढाउनुपर्ने बताए ।

यसैगरी नेकपा (पुष्पलाल) ले एक स्मृति सभाको आयोजना गर्यो । यसरी नै नेकपा (माक्र्सवादी) ले सितापाइलास्थित पुष्पलाल वाटिकामा एक कार्यक्रम सम्पन्न गर्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।