0 COMMENTS

असार २९, काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको खुलको छ ।

राष्ट्र बैंक आफैंमा स्वायत्त निकाय हो । त्यसमाथि केन्द्रीय बैंकको गभर्नर जस्तो उच्च पदमा बसेका व्यक्ति कुनै पार्टी वा संगठनको एउटा विभागको सदस्य भएसँगै अधिकारीको चर्को आलोचना र विरोध हुन थालेको छ । त्यसो त कानुनले कुनै पनि स्वायत्त र सरकारी निकायका सामान्यदेखि उच्च पदमा रहेकै अवस्थामा कसैलाई पार्टीमा संलग्न हुन नपाउने व्यवस्था छ ।

एमालेको आधिकारिक वेबसाइटमा अर्थ तथा योजना विभागको प्रमुखमा घनश्याम भुसाल छन् भने सचिव योगेन्द्रबहादुर शाही छन् । यही विभागका नौजना सदस्यमा गभर्नर अधिकारीको नाम पनि समावेश छ । सदस्यको नामावलीमा ‘एम. अधिकारी (खोटाङ)’ सहित प्रा.डा. रामचन्द्र आर्चाय, डा.रामचन्द्र भट्टराई, देउकाजी गुरुङ, केशरबहादुर साउद, डिल्ली उप्रेती, प्रा.डा. महेश दाहाल, तिलचन्द्र भट्टराई र गोपाल खनाल सदस्य छन् ।

यसभन्दा पहिलेको ९ औं महाधिवेशनपछि एमालेको अर्थ तथा योजना विभागको प्रमुख सुरेन्द्र पाण्डे रहेको बेलामा पनि अहिलेका गभर्नर अधिकारी सदस्य रहेको प्रमाण फेला परेको छ । त्यतिबेला भने उनी गभर्नर नभएकाले उनको नाम ‘महाप्रसाद अधिकारी खोटाङ १’ पूरा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।