0 COMMENTS

असार २९, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीसहित विधार्थी नेताहरु आमरण अनशनमा बसेका छन् ।

त्रिभुवन विश्वविधालयमा भएको बेथिति, विसंगतिविरुद्ध पराजुलीसहितका विधार्थी नेताहरु मंगलबारदेखि आमरण अनसनमा बसेका हुन् । उनीहरुले विश्वविधालय सुधारको लागि भन्दै १३ बुँदे माग राखेका छन् ।

उनीहरुले एमफिल, पिएचडीलाई निरन्तरता दिनुपर्ने, स्ववियु निर्वाचनको मिति घोषणा गर्नुपर्ने, सेमेस्टार प्रणालीमा पढाई हुँदै आएका संकायमा व्यवस्थित बनाउनु पर्ने, त्रिवि सेवा आयोगले लिएको परिक्षाको नतिजा शून्य आएको कारण पहिचान गरी परिणाममुखी प्रणाली स्थापना गर्नुपर्ने लगायतका मागहरु राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।