0 COMMENTS

असार २८, काठमाडौँ । टिपरभित्र जबरजस्ती करणी गरी फरार रहेका चालकलाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार राती थानकोटमा रहेको नेपाल आयल निगमको डिपो जाने बाटो छेउमा पार्किङ गरेको टिपरमा गौशालामा काम गर्दै कलेज पढ्ने बालिकालई जबरजस्ती करणी गर्ने चालकलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा दोलखा गौरीशंकर ८ का चालक ३२ वर्षीय ज्ञानबहादुर नेपाली रहेका छन् । दोलखाबाट काठमाडौं आएको रा १ ख २७३४ नम्बरको टिपरमा वर्ष १७ की बालिकालाई उनले करणी गरेका हुन् ।

पीडित बालिकालाई गाडीमा तेल सकियो तेल हालेर गौशाला पुर्याइदिन्छु भन्ने बहाना बनाएर डिपो जाने बाटोको छेउमा पार्किङ गरी टिपरमा करणी गरेको प्रहरीले जनाएको छ । उनले सहचालकलाई टिपरको टायर चेक गर्नु भनी पठाएका थिए ।

पक्राउ परेका नेपालीलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी मुलुकी फौजदारी संहिता २०७४ को करणी सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै एक युवतीलाई बलात्कार गरेको अभियोगमा धनकुटाको सहिदभूमि गाउँपालिका ५ का वडाध्यक्ष सन्तोष राई पक्राउ परेका छन् । वडाध्यक्ष राईले आफूलाई होटलमा बन्धक बनाइ बलात्कार गरको भन्दै युवतीले जाहेरी दिएपछि राईलाई शनिबार राती साढे ११ बजे धनकुटा बजार नजिकबाट पक्राउ गरिएको थियो । शुक्रबार राती हिलेबाट तेह्रथुमको बसन्तपुर बजारस्थित एक होटलमा लगेर बन्धक बनाई बलात्कार गरेको जाहेरीमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

राई गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

त्यस्तै भक्तपुरको एक रिसोर्टमा १६ वषीया बालिकालाई बलात्कार गरेको आरोपमा आईतबार प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका—९, ताथली बस्ने २७ वर्षीय टिकाराम कटुवाल छन् । आरोपीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।