0 COMMENTS

असार २२, काठमाडौँ । रामेछापको लुभुघाटमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुने सबै १३ जनाको सनाखत भएको छ । बा३ख ८३९६ को बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै र ४ जनाको उपचारको क्रममा मुत्यु भएको छ । २२ जना घाइते छन् ।

घटनास्थलमा मृत्यु हुनेमा काभ्रे रोशीका २५ वर्षीय कमल तामाङ, पाँचखाल ८ का १८ वर्षीय सुदिप गजमेर, मण्डनदेउपुर ९ की ६० वर्षीय शुभलक्ष्मी मानन्धर, पाँचखालका कुलबहादरु विक, सुनापति गाउँपालिका—५ का ६० वर्षीय ठुला तामाङ, २२ वर्षीया विपना तामाङ, ३६ वर्षीय सन्जु आलेमगर,३६ वर्षीय खडुकबहादुर विक र सुनापति गाउँपालिका ४ की २६ वर्षीया समृता तामाङ रहेका छन् ।

उपचारको क्रममा मृत्यु हुनेहरुमा सुनापति गाउँपलिका ५ का ४५ वर्षीय रामबहादुर श्रेष्ठ, सोही वडाका २४ वर्षी बुद्ध तामाङ, ६० वर्षीय नेमा तामाङ र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपलिका ९ की ३५ वर्षीय धनमाया तामाङ रहेका छन् । दुर्घटनामा घाइते २३ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । ओरालोमा ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।