0 COMMENTS

असार २२, धनुषा । धनुषामा आलुको बोरामा लुकाएर ल्याएको ८३ लाख ६४ हजारसहित २ जना मंगलबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषा, जनकनन्दनी उदाहका ३६ वर्षीय ईश्वर मण्डल र सोही ठाउँकै १९ वर्षीय राजेश मण्डल रहेका छन् । उनीहरुलाई इनर्वा सीमाबाट नियन्त्रणमा लिएको सशस्त्र बलका प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए ।

भारतबाट ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा आलुको बोरामा बोकेर आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको उनले बताए ।

दुवै जनालाई आवश्यक कारवाहीका लागि रकमसहित जिल्ला भन्सार कार्यालय जनकपुरको जिम्मा लगाएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।