0 COMMENTS

असार १९, काठमाडौँ । बालबालिकाका लागि कोरोनाविरुद्धको पेडियाट्रिक फाइजर खोप नेपाल आइपुगेको छ । ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ९९ हजार २ सय मात्रा कतार एयरको उडानमार्फत आइतबार बिहान खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाविरुद्धको पेडियाट्रिक फाइजर खोप केही दिनअघि पहिलो चरणमा फाइजर खोप लगाएका ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो डोजको रुपमा खोप प्रयोग गरिनेछ । पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने स्वास्थ्य मन्त्रालयको योजना छ । यो माइनस ७० डिग्री सम्मको तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।