0 COMMENTS

असार १९, काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र भारतीय नवनियुक्त राजदूत नवीन श्रीवास्तवबीच भेटघाट भएको छ । अध्यक्ष नपाललाई भेट्न राजदूत श्रीवास्तव शनिबार बेलुकी उनको निवास कोटेश्वर पुगेका हुन् ।

उक्त भेटघाटमा अध्यक्ष नेपालले श्रीवास्तवलाई स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । नेपाल-भारत संवन्ध र अहिले समाजमा भोगिरहेका समस्याका विविध विषयमा कुराकानी भएको अध्यक्ष नेपालले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनले लेखेका छन्, ‘नवनियुक्त भारतीय राजदूत महामहिम नवीन श्रीवास्तव आज बेलुकी शिष्टाचार भेटका निम्ति नीजि निवास कोटेश्वरमा आउनुभयो । उहाँलाई नेपालमा स्वागत गर्दै उहाँको सफल कार्यकालको लागि शुभकामना व्यक्त गरियो । भेटमा नेपाल-भारत सम्वन्ध र अहिले हाम्रो समाजमा भोगिरहेका समस्याका विविध विषयमा कुराकानी भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।