0 COMMENTS

असार १६, काठमाडौँ । गृह मन्त्रालयले रुपन्देही र मकवानपुरको प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाँडले बुधबार रुपन्देही र मकवानपुर जिल्लाको सीडीओलाई सरुवा गरेका हुन् ।

गृह मन्त्रालयले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई रुपन्देहीको प्रमुख जिल्ला अधिकारीमा र गृह मन्त्रालयका सह–सचिव राजेन्द्रदेव पाण्डेलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ भने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई अध्यागमन विभागको महानिर्देशक बनाएको छ । विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको सरुवा भएपछि गृहले तिवारीलाई अध्यागमन विभागको महानिर्देशक बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।