0 COMMENTS

असार १२, काठमाडौँ । नेपालमा आज २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार ७७ जनाको पीसीआर परीक्षणमा २१ जना र ७०३ जनाको एन्टीजेन परीक्षणमा ८ जना गरी २९ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण आज पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १७ जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३८९ जना निको भएका छन् । यो कुल संक्रमितको ९८ दशमलव ८ प्रतिशत हो ।

मन्त्रालयका अनुसार हाल नेपालमा १९२ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा थप १ हजार ७ सय ३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।