0 COMMENTS

वैशाख ३०, काठमाडौँ । संघीय सरकारका मन्त्रालयहरूको संख्या २५ बाट अब प्रधानमन्त्री कार्यालयसहित १८ मा झारिएको छ। यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २२ मन्त्री र तीन राज्य मन्त्री रहने व्यवस्था थियो ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २२ वटा रहेकोमा सरकारले कार्यविभाजन नियमावलीमार्फत मन्त्रालयको संख्या घटाएको हो । तर बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारले कार्यविभाजन नियमावलीमार्फत् मन्त्रालयको संख्या १८ मा झारेको हो ।

बैठकले कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । जसअनुसार, अब प्रधानमन्त्री कार्यालयसहित १८ वटा मन्त्रालय कायम हुने छन्।

मन्त्रिपरिषद्को यो निर्णयसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नाम पनि फेरेर मानव संशाधन मन्त्रालय कायम गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।