0 COMMENTS

वैशाख २७, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा निकाल्ने तयारी गरेको छ ।

बोर्डले यही वैशाख महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा निकाल्ने तयारीसँगै बोर्डले एक सूचना जारी गरी नतिजा प्राप्त गर्न वा हेर्न सक्ने माध्यमहरूको सूची सार्वजनिक गरेको छ । बोर्डका अनुसार नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटहरूबाट हेर्न सकिने व्यवस्था मिलाएको जनाएको छ ।

बोर्डले चैत १९ गतेदेखि २९ गतेसम्म एसईई सञ्चालन गरेको थियो । यसवर्ष परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । जसमा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए । जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।