0 COMMENTS

फागुन १७, स्याङ्जा । आगामी फागुन २१ गने हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल तातिँदै जाँदा स्याङ्जा-२ मा उम्मेदवार पदम विश्वकर्माको पक्षमा मतदाताको समर्थन बढ्दै गएको देखिएको छ। घरदैलो अभियान तथा भेटघाट कार्यक्रमका क्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता देखिएको हो।

टोल–टोलमा पुगेर मतदातासँग संवाद गर्दै विश्वकर्माले आफ्ना विकास योजना, सामाजिक न्याय र समावेशी नीतिबारे धारणा राखेका छन्। रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता उनले जनाएका छन्।

घरदैलो अभियानका क्रममा स्थानीयवासीले सकारात्मक प्रतिक्रिया जनाउँदै यसपटक परिवर्तनका लागि आफूहरू तयार रहेको बताएका छन्। कतिपय मतदाताले विश्वकर्मालाई टीका–माला लगाएर अग्रिम शुभकामना समेत दिएका थिए।

निर्वाचन मिति नजिकिँदै जाँदा स्याङ्जाका विभिन्न गाउँ–नगर क्षेत्रमा उम्मेदवार विश्वकर्माको सक्रियता बढेको छ। निरन्तर जनसम्पर्क र प्रत्यक्ष संवादमार्फत मतदाताको विश्वास जित्ने अभियानलाई तीव्र बनाइएको उनको सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।