0 COMMENTS

फागुन १७, काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य तोलाको ५६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ५६ सय रुपैयाँले बढेर ३ लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदी १५ रुपैयाँले बढेर ५ हजार ७४० रुपैयाँ पुगेको महासंघले जनाएको छ । गत शुक्रबार ५ हजार ७२५ मा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।