0 COMMENTS

असार ५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी वायुको प्रभाव प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा मात्र रहेको छ । बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको छ । मनसुनी वायु गण्डकीभन्दा पश्चिम प्रवेश गर्न नसक्दा ती क्षेत्रमा अझैँ बर्खे झरी पर्न सकेको छैन । पूर्वी र मध्य नेपालमा भने नियमितजसो वर्षा हुने गरेको छ ।

आइतबार बिहान पनि बागमती र गण्डकीका केही स्थानहरूमा हल्का वर्षा भएको छ । दिउँसो प्रदेश १, मधेस, बागमती, लुम्बिनी र गण्डकीका केही स्थानहरूमा वर्षाको आँकलन गरिएको छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेका छ ।

वर्षाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम आँकलन गरिएको छ भने तराई एवम् चुरेका नदी नाला, खहरे खोलामा पानीको सतह बढ्न सक्ने ठानिएको छ । नेपालमा यो पटक औसतभन्दा एक साता अघि नै मनसुन भित्रिए पनि देशभर फैलिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।