0 COMMENTS

असार ४, काठमाडौँ । हुम्लाबाट प्रतिनिधित्व गर्ने नेता जनप्रतिनिधिहरुले हुम्ला अपरा सम्भावना बोकेको हुनाले अब स्थानीय तहले जनताको समृद्धि र जीवनस्तर उकास्कने कार्यमा जोड दिनु पर्नेमा जोड दिएका छन् । शुक्रबार संवाद डबलीमा सर्केगाड–काठमाडौं सम्पर्क मञ्चले जनप्रतिनिधीहरलाई बधाई तथा शुभकामना कार्यक्रममा सो बताएका हुन् ।

नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा संघीय सांसद रंगमति शाहीले नवनिर्वाचित जनप्रतिनिधहरुलाई बधाई तथा शुभकामना दिँदै उनले नयाँ कार्यसमितिले जनता, प्रदेश सरकार र संघसँग राम्रोसँग समन्वय गरेको खण्डमा सफल बन्ने धारणा राखिन् । उनले जनप्रतिनिधीले जनताको हितमा काम गर्ने जिम्म पाएपछि त्यो भन्दा अन्यत्र सोच्नु अपराध हुनेसमेत बताईन । सांसद शाहीले विगतमा राम्रो काम नगरेको कारण कतिपय ठाउँमा जनताले स्वतन्त्र उम्मेद्वारलाई जिताएको उदाहरण दिदै भनिन्,“जनताले हरेक व्यक्तिको मुल्याङकन गरिरहेको हन्छ, नेता तथा कार्यकर्ताले पनि त्यस विषयलाई हेक्का पुर्याउनु पर्छ ।”

नवनिर्वाचित सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले अहिले पनि संघीयतालाई स्थापित गर्न चुनौति रहेकोले त्यसलाई बलियो बनाउनु पर्नेमा ध्यान दिनपर्ने बताए । लामो संघर्ष र बलिदानबाट प्राप्त वर्तमान व्यवस्थको स्थायीत्वको निम्ति सुशासन, भ्रष्टाचार मुक्त तथा पारदर्शी स्थानीय सरकार, गतिशील र उर्जाशील समाज बनाउने विषयमा आफू प्रतिबद्ध रहने बताए । अध्यक्ष रोकायाले जनताको जीवनस्तर उठाउन ‘शिक्षा,स्वास्थ्य, यातायत, उद्यमशीलता र रोजगार, सर्केगाड गाउँपाकिलाको समृद्धि र विकासको मुख्य आधार’ मुख्य नारा बनाएर जनता समक्ष भोट मागेको र त्यसलाई पूरा गर्न अहोरात्र खट्ने बताए । त्यसैगरी सर्केगाडमा पर्ने सरिसल्ला र रिप–उनापानीको बीचको लिम्नेमा बेलिबृज बनाएर छिट्टै हुम्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोडन र आफ्नो कार्यकाल भित्र प्रत्येक गाउँगाउँमा सडक जोड्न मुख्य लक्ष्य रहेको बताए ।

सदियौंदेखि विकास आयोजना जिम्मा लिने ठेकेदार र उपभोक्ता समितिहरुले समयमै काम नगर्ने गरेपनि झारा टार्ने कार्यलाई अन्त्य गर्न नयाँ नीति अख्तियार गर्ने बताउँदै अध्यक्ष रोकायाले भने, “विकासमा सारै लापरबाही भयो अब यसमा सबै बसेर निग्रानी राख्नै पर्ने बेला आएको छ ।” आउँदा योजनामा आफूले कडाई गर्ने समेत रोकायाले उद्घोष गरे ।

त्यसैगरी चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले आफू काँग्रेस–माओवादीको बलियो खठबन्धनविरुद्ध गएर स्वतन्त्र भएर चुनाव लडेकोले काम गर्दा असहयोग हुने हो की भन्ने चिन्ता ब्यक्त गरे । अध्यक्ष शाहीले जनताले आफूलाई दिएको जिम्मेवारीलाई भने अहोरात्र खटेर भएपनि जन अपेक्षा पूरा गर्ने प्रतिबद्धता जाहेर गरे । चुनाव अगाडी हामी कुनै दल विशेष वा स्वतन्त्र भएपनि अब चुनाव जितेर आइसकेपछि जनताको साझा भएकोले कसैलाई पक्षपात नगिरी सबैलाई समान व्यवहार गर्ने र अरुले पनि त्यही विषयलाई आत्मसाथ गर्नुपर्ने बताए ।

संविधान सभासदस्य रिता शाही, नेपाली काँग्रेस हुम्ला जिल्ला क्षेत्र ‘क’ का सभापति मानदेव शाही, नेविसंघ केन्द्रीय सदस्या लोकेन्द्र शाही, हुम्ला जिल्ला नेवीसंघ अध्यक्ष धर्मराज जोसी, काँग्रेस सर्केगाड गाउँपालिका पार्टी सभापति धनराज शाही नेपाली, नेविसंघ सानोठिमी क्याम्पस इकाई सभापति तथा स्ववियु सदस्य यङजोर कार्कीको उपस्थिति थिायो भने कार्यक्रमको सभाअध्यक्षता सर्केगाड–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष रोलबहादुर ऐडीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।