0 COMMENTS

असार २, काठमाडौँ । आज मुलुकका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार प्रदेश १, मधेश र बागमतीका केही स्थानहरूमा भारी वर्षाको आँकलन गरिएको छ । ती प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहाव र खहरे खोलामा बाढीको चेतावनीसमेत दिइएको छ । आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही तथा मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, मधेश र गण्डकीका केही स्थानहरूमा भने भारी वर्षाको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।