मङ्सिर २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र बागमती प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज सूर्योदय बिहान ६ बजेर ४१ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ८ मिनेटमा हुनेछ ।
